Techie IT
Samayabaddha
सोमबार, १४ माघ, २०८१

मदन राई बालिका यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर


काठमाडौं, माघ १३ । कृषि विज्ञका रूपमा परिचित मदन राईलाई जिल्ला अदालत खोटाङले बाल यौन दुरुपयोगको आरोपमा दोषी ठहर गरेको छ । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो । उनलाई २०८० साल बैशाखमा पक्राउ गरिएको थियो ।

मदन राईले आफूले स्थापना गरेको फाउण्डेसनमा पढ्ने बालिका तथा किशोरीहरुलाई लामो समयदेखि यौन दुर्व्यवहादुर गरेको भनी सेतोपाटी अनलाइनले डेढ वर्षअघि समाचार प्रकाशित गरेको थियो । त्यसपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको थियो ।
लगत्तै अनुसन्धान गरेर प्रहरीले राई विरुद्ध मुद्दा चलाएको थियो ।

न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले बताए । उनका अनुसार, सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट