Techie IT
Samayabaddha
सोमबार, १४ माघ, २०८१

ताप्लेजुङ घटनामा दुई दर्जन भन्दा बढी घाइते, घाइतेलाई काठमाडौं लगिदै


विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबिच भएको झडपमा परी दुई दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना र सशस्त्र प्रहरीका ९ जना तथा नो केबलकार समूहका ४ जना घाइते भएको जानकारी दिए । उनका अनुसार नो केबलकार समूहका घाइते ३ जनालाई नोबेल अस्पताल विराटनगरमा उपचारका लगिएको थियो । नोबेल अस्पतालले घाइतेहरुलाई काठमाडौं लग्न रिफर गरेपछि घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मङ्गलवारबाट काम सुरु गरेपछि तनावको अवस्था उत्पन्न भएको हो । पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलनुचलाइरहेका छन् ।

आन्दोलनरत पक्षमध्येका यमबहादुर लिम्बू र धर्मान पालुङ्वालाई गोली लागेको छ ।

अहिले त्यहाँको सुरक्षा अवस्था कडा गरिएको प्रमसख जिल्ला अधिकारी शर्माले बताए । उनले प्रहरीले सुरक्षा सावधानी अपनाएको कारण नै ठुलो क्षति हुन नपाएको दावि गरे ।

पूर्वको प्रसिद्ध धार्मिक स्थल पाथीभरा क्षेत्रको प्राकृतिक वातावरण संरक्षणका लागि पहिचानवादीहरुले केवलकार बनाउने कुराको विरोध गर्दै आएका छन् । उनीहरुले मुक्कुमलुङ संयुक्त सघर्ष समिति बनाएर केबरकार बनाउने कुराको विरुद्ध संघर्ष गर्दै आएका हुन्।

ताप्लेजुङमा लिम्बूहरूले पाथीभरालाई मुक्कुमलुङ नामाकरण गर्न माग गर्दै संरक्षणका लागि संघर्ष चलाउँदै आएका छन् । ताप्लेजुङको पाथीभरा क्षेत्रलाई किरात समुदायले मुक्कुमलुङ भन्दै आएकोमा राज्यले पाथीभरा नामांकन गरी अतिक्रमण गरेको भन्दै अभियन्ताहरूले गत वर्ष काठमाडौंमा आएर प्रदर्शन गरेका थिए । पछिल्लो पटक सरकारले मुक्कुमलुङ क्षेत्रमा केवलकार बनाउने घोषणा गरेसँगै सो समितिले आन्दोलन चर्काउँदै आएको छ ।

केवलकार निर्माण योजना लागु गर्न सरकारले गतः पुस १५ गते तल्लो फेदीमा सशस्त्र प्रहरीको क्याम्प स्थापना गरेको छ । करिब २ महिना अघि जनपथ प्रहरी कार्यालय पनि राखेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट