गायक हिमाल सागर र वर्षा इटनीको ‘मेरै त हौ भनी’ सार्वजनि

काठमाडौं, १४ माघ । चर्चित गायक हिमाल सागर र गायिका वर्षा इटनीको स्वर रहेको नयाँ गीत ‘मेरै त हौ भनी’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । भावना म्युजिक सोलुसनमार्फत बाहिर आएको भिडिओमा गायिका वर्षा मोडेल विमल अधिकारीसँग हट अवतारमा प्रस्तुत भएकी छिन् ।
गीतमा शब्द तथा संगित विमल अधिकारीकै हो । गीतको एरेन्ज भने कमल सौरागले गरेका हुन् । पछिल्लो समय विमलले गायक हिमाल सागरसँग कसिलो सहकार्य गरिरहेका छन् ।
क्याटेगोरी : मनोरञ्जन
प्रतिक्रिया