‘युद्ध संवाददाता’ जन्माउने प्रेस सेन्टरको इतिहास र वर्तमान नेतृत्व
सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरुलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर ०६१ पुसमा रोल्पाको इरिबाङमा युद्ध पत्रकारका रुपमा क्रियाशील जनपक्षीय पत्रकारहरुको राष्ट्रिय भेला आयोजना भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले जनपक्षीय पत्रकारितालाई आन्दोलनात्मक ढंगले अघि लैजाने निर्णय गर्दै क्रान्तिकारी पत्रकारहरुको अलग्गै संगठन निर्माण गर्नुपर्ने आवश्यकता वोध गरेको थियो ।
सो भेला लगत्तै माघ १५ गते रुकुमको लाबाङमा महेश्वर दाहालको संयोजकत्वमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ, नेपाल आयोजक समिति स्थापना भएको थियो । स्थापनापछि संघले जनताको आन्दोलनका पक्षमा जनयुद्धको एक सशक्त मोर्चाको भूमिका निर्वाह गरेको थियो । जसमा एउटा हातमा कलम र अर्को हातमा बन्दुक बोकेर युद्धका मैदानमा लड्दै गरेका युद्ध संवाददाताहरुको सहभागिता थियो ।
२०६२/०६३ को दोस्रो जनआन्दोलनपश्चात् शान्ति प्रक्रियामार्फत् देशको राजनीति नयाँ बाटोमा अघि बढेपछि २०६३ फागुन २९ र ३० गते संघको काठमाडौंमा प्रथम राष्ट्रिय भेला सम्पन्न भयो । भेलाले संगठनको नाम अखिल नेपाल क्रान्तिकारी पत्रकार संघबाट परिमार्जित गरेर क्रान्तिकारी पत्रकार संघ बनायो । सो भेलाले संघको विधान र प्रतिवेदन पारित गर्नुका साथै महेश्वर दाहालको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो ।
गौरवमय इतिहास बोकेको प्रेस सेन्टरका जिम्मेवार पदाधिकारीहरु नै पत्रकारिता गर्नुभन्दा कुनै नेताको सचिवालयमा जागिरका लागि धाउने, अध्ययन नगर्ने, सुझावसहितको आलोचना नपचाउने, नेताको चाकरी र चाप्लुसीमै रमाइरहने, गुटबन्दी गर्ने, हमतिका नाममा कुनै नेताको चाकरी, चाप्लुसी गरेर पद हत्याउने प्रवृति प्रेस सेन्टरमा पछिल्लो समय मौलाएको छ । संगठको आन्तरिक लोकतन्त्र मर्दै गएको छ । बिसंगतीका विरुद्ध र सुरधारका पक्षमा फरक मत राख्नेहरुलाई गलहत्याउने प्रवृति वर्तमान नेतृत्व आएपछि फस्टाएको छ ।
२०६७ फागुन १७ गते क्रान्तिकारी पत्रकार संघको केन्द्रीय एकता भेला सम्पन्न गर्यो । भेलाले संगठनको विधान संशोधन गर्नुका साथै १०१ सदस्यीय दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको थियो । २०७३ जेठ १९ गते क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघसहित विभिन्न संगठन र व्यक्तिगत ढंगलेसमेत अलग अवस्थामा रहेका क्रान्तिकारी पत्रकारहरुको राष्ट्रिय एकता भेला बस्यो । भेलाले एकीकृत संगठनको नाम प्रेस सेन्टर राख्ने निर्णय गरेको थियो ।
अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार संघ र महासंघको निरन्तरतामै प्रेस सेन्टर नेपाल बनेको हो । उक्त भेलाले गोविन्द आचार्यको संयोजकत्वमा ४९९ सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्यो । भेलाले विधानलाई संघीय संरचना बमोजिम संशोधन गर्यो । भेला पश्चात सातवटा भौगोलिक प्रदेशमा अधिवेशनमार्फत प्रेस सेन्टर नेपालको निर्वाचित कार्यसमितिहरु गठन भए । यो संगठन संघीयता अनुसार प्रादेशिक संरचनामा जाने पत्रकारहरुको पहिलो संगठन बन्यो ।
सोही भेलाबाट पारित विधानले राज्यको पुनर्संरचनालाई बलियो बनाउने गरी संगठनको संरचनालाई स्थानीय तहसम्म लैजाने महत्वपूर्ण निर्णय गर्यो । यस निर्णयबाट स्थानीय तहमा पत्रकारहरुको संगठन बनाउने पहिलो संगठन बन्यो । २०७३ असोज १३ र १४ गते काठमाडौंमा प्रेस सेन्टर नेपालको एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । संगठनका संयोजक गोविन्द आचार्यको अध्यक्षता र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको एकताको महाधिवेशनले महेश्वर दाहालको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्यो । उक्त महाधिवेशनलाई प्रेस सेन्टर नेपालको दोस्रो महाधिवशन मानिएको छ ।
२०७६ पुस १२ गते प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको एकताको भेला भयो । दुई संगठनको एकतापछि संगठनको नाम प्रेस संगठन नेपाल रह्यो । प्रेस संगठन नेपालको एकताको प्रथम राष्ट्रिय भेलाबाट प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालको संयोजकत्वमा २४९ सदस्यीय केन्द्रीय समिति र लेखा तथा अनुशासन आयोग गठन ग¥यो । संगठनको सहसंयोजकमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत थिए ।
प्रेस संगठन नेपालको प्रथम एकता भेला प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको अध्यक्षतामा भएको र सो भेलाबाट महेश्वर दाहाल संयोजकमा चुनिएकाले उक्त भेलालाई प्रेस सेन्टर नेपालको तेस्रो महाधिवेशनको रुपमा लिइएको छ । संगठनको महाधिवेशन तयारीका सम्बन्धमा प्रेस संगठन नेपालको केन्द्रीय समितिको बैठक २०७८ असोज १६ गते काठमाडौंमा बस्यो । बैठकले संगठनको केन्द्रीय समितिलाई चौथो महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै प्रेस संगठन नेपालको नामलाई परिवर्तित गरी पुनः प्रेस सेन्टर नेपाल रहने गरी संगठनको अन्तरिम विधान पारित गर्यो । महेश्वर दाहालको संयोजकत्वमा आयोजक समिति गठन भयो ।
संगठनको चौंथो महाधिवेशन २०७८ मंसिर १८ देखि १९ सम चितवनको भरतपुरमा सम्पन्न भयो । महधिवेशनले विष्णु सापकोटा ‘जुगल’को नेतृत्वमा १ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्यो । त्यसैगरी संगठनको २०७९ साउन १३ र १४ गते काठमाडौंमा सम्पन दोश्रो पूर्ण बैठकबाट महासचिवमा सन्तोष पौडेल सहित १ बरिष्ठ उपाध्यक्ष, १९ उपाध्यक्ष, १० उपमहासचिव, २६ सचिव, १ कोषाध्यक्ष र एक सह कोषाध्यक्ष रहेको ६१ सदस्यीय पदाधिकारी चयन गर्यो ।
यतिबेला प्रेस सेन्टर पाचौँ राष्ट्रिय महाधिवेशनको संघारमा उभिएको छ । पाचौँ राष्ट्रिय महाधिवेशन यही माघ १५ गते संगठनको स्थापना दिवसको अवसरमा आयोजना गर्नका लागि मिति तोकिएपनि तयारी नपुगेको भन्दै चैतका लागि सारिएको संगठनका महासचिव सन्तोष पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
समर्पणले भरिएको गौरवमय इतिहासको रक्षा गर्ने जिम्मेवारी अहिले हाम्रा सामू छ । विजातीय प्रवृत्तिका विरूद्ध निरन्तर संघर्ष गर्न, दविएका र पिडत भएका भुइँमान्छेहरुका पक्षमा लेख्ने र बोल्ने कलम झन तिखार्न जरुरी छ । प्रविधिले निम्त्याएको चुनौतीपूर्ण वर्तमानको सामना गर्दै जनपक्षीय पत्रकारिताको नयाँ धार निर्माण गर्ने बेला आएको छ । अव उज्यालो भविस्यका लागि नयाँ कार्यशैलीको विकास गर्न र सूचना र प्रविधिमाथिको पूँजीवादी वर्चस्वको अन्त्य गर्न पनि प्रेस सेन्टरको नयाँ नेतृत्व तयार भएर अजेण्डासहित मैदानमा आउनु पर्ने बेला भएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष जुगल यतिबेला राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको स्वकीय सचिवालयमा जागिर खानका लागि जाँदा संगठनको महाधिवेशन निर्धारित मितिमा गर्न नसकिएको संगठनकै जिम्मेवार पदाधिकारीहरुले भन्ने गरेका छन् । हुन पनि अध्यक्ष जुगल राष्ट्रिय सभाका अध्यक्षको स्वकीय सचिवालयमा जागिर खान गएको करिव एक वर्ष हुनै लाग्दा कार्यबाहक अध्यक्षको जिम्मेवारी कसैलाई पनि अधिकारीक रुपमा नतोक्दा संगठनको प्रदेश र जिल्ला अधिवेशनहरु समयमै सम्पन्न हुन नसक्दा महाधिवेशनको मिति चैतका लागि धकेलिएको हो । संगठनका अध्यक्षको यही रवैया रहिरहने हो भने चैतमा पनि महाधिवेशन हुने हो कि होइन अझै अनिश्चित नै छ । नेपाल पत्रकार महासंघको पटक-पटक मिति तोकेर पनि निर्वाचन हुन नसकेको रोग सेन्टरले पनि सिकेको भान सबैमा परेको छ ।
गौरवमय इतिहास बोकेको प्रेस सेन्टरका जिम्मेवार पदाधिकारीहरु नै पत्रकारिता गर्नुभन्दा कुनै नेताको सचिवालयमा जागिरका लागि धाउने, अध्ययन नगर्ने, सुझावसहितको आलोचना नपचाउने, नेताको चाकरी र चाप्लुसीमै रमाइरहने, गुटबन्दी गर्ने, सहमतिका नाममा कुनै नेताको चाकरी, चाप्लुसी गरेर पद हत्याउने प्रवृति प्रेस सेन्टरमा पछिल्लो समय मौलाएको छ । संगठको आन्तरिक लोकतन्त्र मर्दै गएको छ । बिसंगतीका विरुद्ध र सुधारका पक्षमा फरक मत राख्नेहरुलाई गलहत्याउने प्रवृति वर्तमान नेतृत्व आएपछि फस्टाएको छ । श्रमजीवीको रक्षा र सम्मान अनि श्रमजीवी पत्रकार ऐन सेन्टरकै अध्यक्षबाट धुलिसात पारिएको छ ।
त्यसैले समर्पणले भरिएको गौरवमय इतिहासको रक्षा गर्ने जिम्मेवारी अहिले हाम्रा सामू छ । विजातीय प्रवृत्तिका विरूद्ध निरन्तर संघर्ष गर्न, दविएका र पिडत भएका भुइँमान्छेहरुका पक्षमा लेख्ने र बोल्ने कलम झन तिखार्न जरुरी छ । प्रविधिले निम्त्याएको चुनौतीपूर्ण वर्तमानको सामना गर्दै जनपक्षीय पत्रकारिताको नयाँ धार निर्माण गर्ने बेला आएको छ । अव उज्यालो भविस्यका लागि नयाँ कार्यशैलीको विकास गर्न र सूचना र प्रविधिमाथिको पूँजीवादी वर्चस्वको अन्त्य गर्न पनि प्रेस सेन्टरको नयाँ नेतृत्व तयार भएर अजेण्डासहित मैदानमा आउनु पर्ने बेला भएको छ ।
प्रश्न सोध्ने कि अन्धभक्त हुने ?
क्याटेगोरी : जनमञ्च, बिचार, राजनीति
प्रतिक्रिया