पाँच लाखभन्दा बढी विस्थापित प्यालेस्टिनी उत्तरी गाजामा फर्किए
गाजापट्टी, १८ माघ । हमासद्वारा सञ्चालित मिडिया कार्यालयले विगत ७२ घण्टामा पाँच लाखभन्दा बढी विस्थापित प्यालेस्टिनी उत्तरी गाजामा फर्किएको बताएका छन् । विगत ७२ घण्टामा दक्षिणी र मध्य प्रान्तहरूबाट अल–रशिद र सलाह अल–दिन सडक हुँदै गाजा र उत्तरी प्रान्तहरूमा पाँच लाखभन्दा बढी विस्थापित प्यालेस्टिनी फर्किएका मिडिया कार्यालयले जनाएको छ ।
१५ महिनादेखि चलिरहेको लडाइँमा विराम लागेपछि हमाससँग भएको युद्धविराम सम्झौतापछि इजरायलले सोमबार विस्थापित मानिसहरूलाई गाजा पट्टीको उत्तरमा फर्कन अनुमति दिन थालेको छ ।
हमासको सशस्त्र शाखा अल–कस्सम ब्रिगेड्सले बिहीबार तीन इजरायली बन्दीहरूलाई रिहा गरेको छ । इजरायलले बदलामा ११० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । गाजाका स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूले विगत २४ घण्टामा ६३ शवहरू फेला पारेका छन् ।
जसमा भग्नावशेषबाट निकालिएका ५९, घाइते भएर मृत्यु भएका दुई र दुई नयाँ मृत्यु समावेश छन् । यसले अक्टोबर ७, २०२३ देखि हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या ४७ हजार ४१७ पुगेको छ । जसमा एक लाख ११ हजार ५७१ जना घाइते भएका छन् । सिन्ह्वारन्यूज एजेन्सी नेपाल
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया