Techie IT
Samayabaddha
शुक्रबार, १८ माघ, २०८१

रास्वपाका सांसदहरुले गरे संसद बैठक बहिस्कार


काठमाडौं । आज दिनको ठिक १ बजेबाट शुरु हुने भनिएको हिउँदे अधिवेशन केही ढिला गरी शुरु भएको छ । वैठकको कार्यसुचीमा प्रवेश गर्नभन्दा अगाडि रास्वपाका सांसदहरुले सिटबाट उठेर शुरुमै सभामुख समक्ष बोल्ने समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरुलाई समय दिएनन् र पटक पटक सिटमा बस्न अनुरोध गरे ।

त्यतिमात्र होइन सभामुख घिमिरेले दलीय आधारमा सबै दललाई बोल्ने समय राखिएको र रास्वपालाई त्यही समयमा आफ्ना कुराहरु राख्न भनिरहे ।

रास्वपाका सांसदहरु सिटबाट उभिएर समय मागिरहे । सभामुखले सांसदहरुलाई आसन ग्रहण गर्न अनुरोधबाट नपुगेर आदेश दिए । सभामुखको आदेशपछि पनि रास्वपाका सांसदहरु बस्न मानेनन् र आफ्ना कुरा शुरुमै राख्ने समय मागिरहे ।

सभामुख घिमिरेले बैठकलाई कार्यसुची अनुसार अगाडि बढ्ने कोशिस गरे । सभामुखले रास्वपाका सांसदहरुलाई प्रतिनिधि सभा नियमावली अनुसार सभामुखको आदेशलाई सांसदहरुले मान्नुपर्ने स्मरण गराए ।

सभामुख घिमिरेले रास्वपका सांसदहरुलाई प्रतिनिधि सभा नियमावलीको दफा १५ र दफा ३० को स्मरण गराउँदै बस्न आदेश गरे र निकै होहोल्लाको बीच कार्यसुची अनुसार अगाडि बढिरहे ।

रास्वपालाई पेलेरै अगाडि बढ्ने सभामुखको रवैयापछि रास्वपाका सबै सांसदहरुले बैठक बहिस्कार गरेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट