Techie IT
Samayabaddha
शुक्रबार, १८ माघ, २०८१

सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा नगरौँ : कृष्ण सिटौला


काठमाडौँ, १८ माघ । नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा नगर्न आग्रह गरेका छन्।

शुक्रवार राष्ट्रियसभाको बैठकमा बोल्दै यस्तो बताएका हुन्। उनले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा जाँदा अर्को कुरा गर्ने परिपाटी राम्रो नभएको बताए। उनले कुर्सीमा रहँदा जनता र देशका लागि कति काम गरेँ भन्ने कुराले महत्त्वपूर्ण अर्थ राख्ने बताए।

उनले केन्द्रीकृत राज्य सञ्चालनको भावना हटाउनुपर्ने बताए। उनले अन्ताराष्ट्रिय सम्बन्धका बारेमा पनि नेपालले नयाँ ढंगले सोच्नुपर्ने बताए। जनतामा जाँदा काम गर्ने संकल्प लिएर जानुपर्ने बताए।

सिटौलाले भने‚ ‘सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त होइन। मैले मेरो कुर्सीमा रहँदा सरकारको नेतृत्व गर्दा मेरो मन्त्रालयको नेतृत्व गर्दा मैले जिम्मेवारी पाउँदा, देश र जनताको हितमा कति काम गरेँ, स्पष्टसँग जनतालाई भन्नसक्ने आँकडा, हिसाबकिताब रहनैपर्छ। तबमात्र हामी जनताको प्रतिनिधि भएर, जनताको सार्वभौम अधिकार जनताको लागि प्रयोग गर्ने अधिकारको सदुपयोग गर्नसक्छौँ।’

संविधानको अधिकार प्रयोग गर्न नपाएको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो गरेको बताए। उनले अहिले पनि नेपालको समग्र मानसिकता संघीयता बमोजिम हुन नसकेको बताए। अहिले पनि केन्द्रीकृत शासन प्रणालीको मानसिकता हावी रहेको बताए।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट