Techie IT
Samayabaddha
शुक्रबार, १८ माघ, २०८१

प्रतिनिधि सभा बैठक बहिष्कार गरेका रास्वपाका सांसद आधा घण्टापछि भित्र छिरे


काठमाडौँ, १८ माघ । प्रतिनिधि सभा बैठक बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद करिब आधा घण्टापछि बैठक कक्षमा प्रवेश गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समय लिएर बैठकलाई सम्बोधन गरिरहेको समयमा रास्वपाका सांसद बैठक कक्षमा प्रवेश गरेका हुन् ।

यसअघि रास्वपाका सांसदले बोल्नका लागि विशेष समय माग गरेका थिए । सभामुख देवराज घिमिरेले बैठकको पहिलो दिन शून्य र विशेष समयको व्यवस्था नगरिएको भनेपछि उनीहरू आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । त्यसपछि रास्वपाका सांसद बैठक कक्षबाट बाहिरिएका थिए ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट