Techie IT
Samayabaddha
शुक्रबार, १८ माघ, २०८१

सर्लाहीको प्लाष्टिक उद्योगमा आगलागी हुँदा करोडौँको क्षति


सर्लाही, १८ माघ । सर्लाहीको ईश्वरपुर नगरपालिका –७, ब्रह्मस्थान चोकमा रहेको प्लाष्टिकका झोला बनाउने उद्योगमा बिहीबार आगलागी हुँदा करोडौँको क्षति पुगेको छ ।

नेत्रबहादुर कार्कीको घरमा भाडागरी चन्द्रनगर गाउँपालिका –४, पोखरिया टोलका राम छबिला साहले सञ्चालन गरेको हिमालयन पोलि नेपाल (प्लाष्टिकको झोला बनाउने उद्योग) मा आगलागी भई ठूलो क्षति पुुगेको हो । आगलागीबाट उद्योग सञ्चालन गरिएको घरसहित उद्योगका मेशिनरी सामग्री र कच्चा पदार्थ सम्पूर्ण नष्ट नष्ट भएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।

आगलागीबाट अनुुमानित चार करोड रुपियाँ बराबरको क्षति भएको अनुुमान गरिए पनि एकिन विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ । बिहीबार बिहान ३ बजेपछि सुरु भएको आगलागी गाउँले, सुरक्षाकर्मी, हरिवन तथा मलङ्गवाबाट आएका दुुईवटा दमकलको सहयोगमा झण्डै दुुई घण्टापछि मात्र नियन्त्रणमा आएको प्रहरी निरीक्षक जोशीले बताए ।

प्रनि जोशीका अनुसार उद्योगभित्र प्लाष्टिक बनाउने कच्चा पदार्थ धेरै रहेकाले आगलागी नियन्त्रणमा धेरै समय लागेको हो । आगलागीबाट छिमेकी नवलकिशोर साहको घरमा समेत आंशिक क्षति पुुगेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएजस्तो देखिएको प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट