सरकारले ल्याएको अध्यादेशमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेको विरोध
काठमाडौँ, १८ माघ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोमा विरोध गरेका छन् । शुक्रवार संसद्को अधिवेशनलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याउनु बेठिक भएको भन्दै विरोध गरेका हुन् ।
‘सरकारले आवश्यकता अनुसार अध्यादेश ल्याउन पाइन्छ । संविधानमा उल्लेख छ । अध्यादेश संसद्को समितिमा छलफल भइरहेका बेला फिर्ता नलिई सरकार अध्यादेशमार्फत जान खोजेको त्यो बेठिक छ । समितिमै छलफल गरेको भए छिटो कानुन बन्थ्यो । जसरी सरकार संसद् छलेर अध्यादेशको बाटोमा गएको छ । त्यसको विरोध गर्दछौँ’, उनले भने ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया