आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश
भक्तपुर, १८ माघ । भक्तपुर जिल्ला अदालतले आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीको इजलासले शुक्रबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् ।
सूर्यविनायक नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनीमाथि अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।
क्याटेगोरी : जनमञ्च
प्रतिक्रिया