Techie IT
Samayabaddha
शुक्रबार, १८ माघ, २०८१

अखिल क्रान्तिकारी निर्वाचनमा जनार्दन शर्मा पक्ष हावी भएपछि नारायण दाहाल तनावमा


देउसी भैलोमा अखिल क्रान्तिकारीका विद्यार्थी नेतासँग नाच्दै नारायण दाहालको परिवार

 

काठमाडौं । अखिल क्रान्तिकारीको विद्यार्थी संगठन निर्वाचनमा जनार्दन शर्मा पक्ष निकै बलियो देखिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई टाउको दुखाइ भएको छ । विभिन्न सञ्चारमाध्यममा अध्यक्ष प्रचण्डभन्दा जनार्दन शर्मा प्रभावशाली देखिएको समाचार सार्वजनिक भएपछि दाहाल तनावमा परेको स्रोतले बताएको छ ।

एक पत्रकारका अनुसार, नारायण दाहालले प्रेस सेण्टरमा कार्यरत केही विश्वासिला पत्रकारहरूसँग भेटघाट गरी र केहीलाई फोनमार्फत सम्पर्क गरेर ती समाचारहरू खण्डन गराउन दबाब दिइरहेका छन् । उनले पत्रकारहरूलाई व्यक्तिगत रूपमा बोलाएर र फोन गरेर प्रचण्ड विद्यार्थी संगठनमा कमजोर भएको भन्ने समाचार सही होइन भन्ने वातावरण बनाउन आग्रह गरिरहेका छन्, ती पत्रकारले नाम नखुलाउने शर्तमा बताए ।

विद्यार्थी संगठन निर्वाचनका क्रममा सचिवालयका सदस्यलाई ब्यापक फोन गर्न लगाएका नारायण दाहालले अहिले पनि संगठनमा प्रचण्ड कमजोर देखिएको विषयलाई लिएर चिन्तित रहेको बताइएको छ । यसअघि उनले विद्यार्थीहरूलाई आफ्नो पक्षमा पार्न देउसीभैलो कार्यक्रममा एक लाख रुपैयाँ सहयोग गरेको स्रोतहरूको दाबी छ ।

बागमती प्रदेशमा लामो समय पार्टी संगठनको जिम्मेवारी सम्हालेका नारायण दाहाल आर्थिक विवादमा पनि मुछिँदै आएका छन् । बागमती प्रदेशका विवादास्पद स्थानीय तहका पदाधिकारीदेखि प्रदेश र संघीय सांसदहरूसम्मबाट ‘पार्टी हेडक्वार्टर’ को नाममा रकम असुली गर्ने गरेको आरोप लाग्दै आएको छ ।

राष्ट्रियसभाका अध्यक्षलाई राजनीति गर्न संवैधानिक बन्देज भए पनि उनी माओवादी, त्यसमा पनि गुटको राजनीतिमा सक्रिय छन् । यस कार्यमा उनले सचिवालय सदस्यहरुलाई त गुटको राजनीतिमा लगाएकै थिए, विद्यार्थीको निर्वाचनमा त आफैं मैदानमा उत्रिएका छन् ।

 

 

 

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट