Techie IT
Samayabaddha
आईतबार, २० माघ, २०८१

कुम्भमेलाबाट फर्किंदै गरेको जीप दुर्घटना हुँदा पाँच जना नेपालीको मृत्यु


भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाबाट फर्किरहेका पाँच जना नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ । त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका नेपाली नागरिक चढेको जीप हिजो दिउँसो महोत्तरीसँग जोडिएको भारतको मधुवनीमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ का ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषाको गङ्गुली बस्ने ३० वर्षीया अर्चना झा छन् । मृतक चालकको भने पहिचान खुलेको छैन ।

दुर्घटनामा ३० वर्षीय मनोहर ठाकुर, २५ वर्षीया कामिनी झा, ५० वर्षीय जगतारण देवी र सात वर्षीया सृष्टि झा गम्भीर घाइते भएका छन् । उनीहरुको मुजफ्फपुरमै उपचार भइरहेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट