Techie IT
Samayabaddha
आईतबार, २० माघ, २०८१

महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज : नेदरल्यान्ड्सले नेपाललाई दियो एक सय ४१ रनको लक्ष्य


काठमाडौँ, २० माघ । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा जितमा लागि नेदरल्यान्ड्सले नेपाललाई एक सय ४१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरसिथ्त त्रिवि मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा सात विकेटको क्षतिमा एक सय ४० रन बनायो । कविता जोशी र कप्तान इन्दु वर्माले एक एक विकेट लिए ।

यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल शनिबार थाइल्यान्डसँग चार विकेटले पराजित भएको थियो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट