दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो यू–१९ महिला टी–२० विश्वकपको उपाधि
काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै भारतले आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
मलेसियाको क्वालालम्पुरमा आज भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य भारतले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । भारतकी गोन्गादी तृषाले नटआउट ४४ रन बनाइन् । दक्षिण अफ्रिकाकी क्याला रेनेकेले १ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा ८२ रन बनाउँदा अलआउट भयो । दक्षिण अफ्रिकाकी मिक भान वूस्र्टले सबैभन्दा धेरै २३ रन बनाइन् । भारतकी गोन्गदी तृषाले ३ विकेट लिइन् ।
भारतले लगातार दोस्रो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकपको उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा इङ्गल्यान्डलाई हराउँदै भारत विजेता बनेको थियो ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया