Techie IT
Samayabaddha
आईतबार, २० माघ, २०८१

न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन


काठमाडौं । न्यायपरिषद्को सदस्यमा नेपाल बार एसोसिएसनको तर्फबाट सिफारिस भएका दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।

आइतबारको बसेको सुनुवाई समितिको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काले पेस गरेको अनुभव तथा कार्ययोजना सुनेपछि अनुमोदन गर्ने निर्णय गरेको हो । समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भइ आएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरेको जानकारी दिइन् ।

‘सुनुवाइ समितिको बैठकले न्यायपरिषद्को सदस्यको कार्ययोजनामा समितिले आफ्ना अवधारणा सुनेर सदस्यहरूले जिज्ञासा राख्नुभयो । त्यसमा पनि प्रस्ट भइसकेपछि समितिले अनुमोदन गर्ने निर्णय गरेको हो,’ सभापति न्यौपानेको भनाइ छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट