मस्कोमा विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

मस्को, २५ माघ। मस्को क्षेत्रको रामेन्सकोये जिल्लामा विमान दुर्घटनामा बिहीबार दुई पाइलटको मृत्यु भएको छ ।
प्रारम्भिक जानकारीअनुसार विमान बिहीबार दिउँसो म्याचकोभो एयरफिल्ड नजिकै दुर्घटनाग्रस्त भएको मस्को अन्तरक्षेत्रीय यातायात अभियोजकको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेअनुसार विमान खेतमा दुर्घटनाग्रस्त भएको हो । सिन्ह्वारन्यूज एजेन्सी नेपाल
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया