हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त

प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागू भएपछिको पाँचौँ पटकमा छाडिएका उनीहरू सबै सर्वसाधारण हुन् । मुक्त भएका एली शराबी, ओहाद बेन अमी र अर लेभी सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको हमलाका बेला बन्धक बनाएर गाजा पुर्याइएका थिए ।
युद्धविराम सम्झौता अनुसार इजरायलले तीन जनाको बदलामा आजै एक सय ८३ जना प्यालेस्टिनी बन्दीहरूलाई छाड्दैछ । गएको जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता गाजाबाट २१ जना बन्धकहरू र इजरायलबाट तीन सय ८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भएका छन् ।
अबको तीन हप्तामा सकिने युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा झन्डै ३३ जना बन्धक र एक हजार नौ सय प्यालेस्टिनीहरू छाडिनेछन् । इजरायलले ३३ जना बन्धकमध्ये आठ जनाको मृत्यु भईसकेको दाबी गरेको छ । तर हमासले प्रतिक्रिया दिएको छैन ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया