Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

अमेरिकाको ओहायो राज्यमा एक नेपालीभाषीको गोली हानेर हत्या


अमेरिका, २७ माघ । अमेरिकाको ओहायो राज्यको न्यु अल्वानी भन्ने स्थानमा बसोबास गर्दै आएका एकजना नेपालीभाषी भुटानीको मङ्गलवार राती हत्या भएको छ ।

न्यु अल्वानी प्रहरीका अनुसार, मृत्यु हुनेमा ३० वर्षीय शेखर चापागाई रहेका छन् । त्यही कम्पनीका पूर्व कर्मचारी २८ वर्षीय व्रुस फोस्टरले अन्धाधुन्ध गोली चलाएर चापागाईको हत्या गरेको थियो । गोली लागेर सहकर्मी क्याले वेभरको पनि मृत्यु भएको र अरु चारजना घाइते भएको प्रहरीले जनाएको छ । ओहायोको कोलम्वस नजिकै न्यु अल्वानीस्थित केडीसी वान नामक कस्मेटिक र व्युटी उत्पादन कम्पनीमा कार्यरत रहेकै अवस्थामा त्यो व्यक्तिले गोली चलाएको थियो । हत्यारालाई प्रहरीले बुधवार बिहानै गिरफ्तार गरेको थियो । चापागाई केही वर्षअघि मात्र डेनवरबाट ओहायो बसाइ आएका थिए ।

मृतक चापागाईँकी श्रीमती र एक छोरी रहेको बताइएको छ । प्रहरीका अनुसार, आगामी एक दुई हप्तामा नै उनकी श्रीमतीले अर्को सन्तानको जन्म दिनेछिन् ।

सो कम्पनीमा त्यसबेला एक सय ५० भन्दा बढी कर्मचारी कार्यरत थिए । जुन कम्पनीमा धेरै नेपालीहरु कार्यरत छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट