Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

सुनको मूल्य तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो


काठमाडौँ, ३० माघ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु. दुई हजार ७०० ले घटेको हो ।

मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु. एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु. १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार नौ सय ३० निर्धारण गरिएको छ । रासस


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट