Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

खसीको राजखानी देखाएर बाख्राको मासु बेच्ने यसरी परे पक्राउ


वीरगञ्ज, ३० माघ । खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्ज–१३ निवासी ४१ वर्षीय हारुन मियाँ अन्सारी उक्त आरोपमा समातिएका हुन् ।

प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसका सन्चालक उनले खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरेको भनी उपभोक्ताले प्रहरीलाई बारम्बार गुनासो गरेका थिए । त्यसपछि छड्केमा निस्किएको प्रहरी टोलीले पसल खानतलासी गर्दा हारुनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचिरहेको फेला पारेको पर्सा प्रहरीले बताएको छ ।

सलबाट खसीको अण्डकोष टाँसिएको १५ केजी बाख्राको मासुसमेत प्रहरीले बरामद गरेको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट