रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले गरे आमाको हत्या
![](https://ap-south-1.linodeobjects.com/samayabaddha.com/2024/10/hatya.jpg)
बुटवल, २ फागुन । रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नंं १ सुन्दरनगरस्थित रातो डाँडामा २१ वर्षीय युवक सरोज परियारले आफ्नै आमा अन्दाजी ४६ वर्षीया पार्वती परियारको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आमाको हत्या गरेपछि सरोजले स्थानीय छिमेकीसँग आमाको आँखा फुटालेको बताएका थिए । छिमेकीका अनुसार सरोज पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको र प्रहरीले समेत उनलाई पटक पटक पक्राउ गर्दै छोडदै आएको थियो ।
स्थानीय छिमेकीहरुले समेत सरोजबाट आफूहरू सुरक्षित नरहेको महसुस बेलाबेलामा गर्दै आएको सुनाएका छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरले घटनास्थलमा पुगेर हत्याको मुचुल्का तयार गरी स्थानीयसँग घटनाको विषयमा सोधपुछ गरेको थियो ।
स्थानीय बासिन्दाले सरोज मानसिक रोगीसमेत रहेको र धेरै पहिलेदेखि दुर्व्यसनमा संलग्न रहेको बताएका छन् । प्रहरीले घटनामा संलग्न सरोजलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
घरमा आमा छोरा मात्रै बस्दै आएका थिए । अर्को छोरा भने भारतमा रहेको बताइएको छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया