नयाँ दिल्लीमा रेलवे स्टेशनमा भागदौड, १८ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा रेलवे स्टेशनमा भागदौड हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । गएराति ९–१० बजेतिर घटना हुँदा रेलवे स्टेशनमा ठेलमठेल भीड थियो । भीडका कारण यात्रुबीच एकआपसमा धकेलाधकेल हुँदा कतिपय लडेका थिए ।
भागदौडमा परेकामध्ये तीन जना बालबालिकासहित १५ जनाको ज्यान गएको पुष्टि भएको लोक नायक अस्पताललाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको प्रयागराजमा चलिरहेको कुम्भमेलामा जानेहरुका कारण रेलवे स्टेशन भित्र र बाहिर खचाखच भरिएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले मृतकका परिवारमा समवेदना र घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् । साथै स्थानीय प्रशासनलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । रेलमन्त्री अश्विनी वैष्णवले घटना लगत्तै सुरक्षाकर्मीको सहयोगमा रेलवे स्टेशनको अवस्थालाई नियन्त्रणमा लिएको बताएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया