बागलुङको निसीखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ, ४ फागुन । बागलुङको निसीखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ।
शनिबार साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग१क ६१८९ नम्बरको टिपर निसीखोला गाउँपालिका ६ लामिडाँडामा दुर्घटना भएको हो। दुर्घटनामा परि गुल्मीको इस्मा गाउँपालिका ३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए।
टिपर सडकबाट करिब २०० मिटर तल खसेको छ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया