Techie IT
Samayabaddha
शुक्रबार, ९ फागुन, २०८१

कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा नगरपालिका प्रथम


हिले, ५ फागुन । धनकुटाको सात वटा स्थानीय तहमध्ये धनकुटा नगरपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजामा जिल्लाको पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजामा धनकुटा नगरपालिकाले ६७.६ अङ्क प्राप्त गर्दै उत्कृष्ट पालिका बनेको छ ।

त्यस्तै पाख्रिवास नगरपालिका दोस्रो बनेको छ । पाख्रिवासले स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजामा ६४।१ अङ्क प्राप्त गरेको छ । यता ५७.३ अङ्क प्राप्त गर्दै धनकुटाको सहिदभुमी गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजामा तेस्रो बनेको छ । महालक्ष्मी नगरपालिका ५५.३ अङ्क प्राप्त गर्दै चौथो बनेको छ भने ५४.२ अङ्क प्राप्त गर्दै चौबिसे गाउँपालिका पाँचौँ बनेको छ । ४४.१ अङ्क प्राप्त गर्दै साँगुरीगढी गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजामा जिल्लाको छैटौँ पालिका बनेको छ । सबैभन्दा कमजोर छथरजोरपाटी गाउँपालिकाले ३५.७ अङ्क मात्रै ल्याएको छ ।

लेखा परीक्षण, बेरुजु फछ्र्योट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलन लगायतका सूचकका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजानीक गर्ने गरेको छ । सोही कार्यसम्पादनबाट प्राप्त हुने अंकको आधारमा सङ्घीय सरकारबाट स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदानका लागि सिफारिस गर्ने प्रावधान रहेको छ ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट