Techie IT
Samayabaddha
शुक्रबार, ९ फागुन, २०८१

नेप्सेमा उच्च अंकको बृद्धि


काठमाडौं, ५ फागुन । सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन अर्थात आइतबार नौ अर्ब ४७ करोडको कारोबार भएकोमा सोमबार नौ अर्ब ८८ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४१ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३०२ वटा धितोपत्रको एक करोड ७८ लाख ८४ हजार २४६ कित्ता सेयर किनबेच भएको हो।
सोमबार १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ।

सोमबार सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २६८ रूपैयाँ १० पैसामा झरेको छ।

यस्तै, कुमारी सवल योजनाको मूल्य ६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ २४ पैसा कायम भएको छ। आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ११ रूपैयाँमा ३२ करोड ६४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३.१६ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी होल्डिङ्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता दुई हजार १९४ रूपैयाँमा २७ करोड ४३ लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको हो। यसदिन बैंकिङ, होटल्स, लघुवित्त र अन्य समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ।

यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक १।२७ प्रतिशतले घटेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट