Techie IT
Samayabaddha
शुक्रबार, ९ फागुन, २०८१

दक्षिण कोरियामा चिनियाँ प्रविधि डीपसीक एआई डाउनलोड गर्न प्रतिबन्ध


दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ । गोपनीयताको चिन्ताका कारण दक्षिण कोरियाले डीपसीकको कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) च्याटबोटको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

देशको व्यक्तिगत डाटा सुरक्षा कानूनहरूको पालना सुनिश्चित गर्न सुधारका उपायहरू अपनाएमा यो एआई मोडेल दक्षिण कोरियाली प्रयोगकर्ताहरूका लागि फेरि उपलब्ध हुने सरकारी एजेन्सीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

यस हप्ता समाचारमा देखा परेपछि डीपसीक दक्षिण कोरियामा निकै चर्चित भएको छ । लाखौं मानिसहरूले एप स्टोरबाट डाउनलोड गरेका छन् । तर जसरी डीपसीक चर्चित भयो, धेरै देशहरूमा यो छानबिनको दायरामा पनि आएको छ । गोपनीयता र राष्ट्रिय सुरक्षा चिन्ताको कारण देखाउँदै धेरै देशमा यो एपमा प्रतिबन्ध लगाइएको छ ।

दक्षिण कोरियामा पहिले नै एप डाउनलोड गरिसकेकाहरूले यसलाई आफ्नो फोनबाट वा डीपसीकको वेबसाइटमा गएर प्रयोग गर्न सक्नेछन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट