Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर


काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९६ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७ पैसा निर्धारण गरिएको छ ।

यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रूपैयाँ १२ पैसा, यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २३ पैसा र बिक्री दर ३१ रूपैयाँ ३७ पैसा तोकिएको छ ।

कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ २० पैसा र बिक्रीदर ४५० रूपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ७३ पैसा र ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६० रूपैयाँ ९४ पैसा कायम भएको छ ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट