Techie IT
Samayabaddha
आईतबार, ११ फागुन, २०८१

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ


काठमाडौं, १० फागुन । काठमाडौं महानगरपालिका ४ चन्डोल बस्ने सरिता धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका ९ रातोपुल बस्ने ६२ वर्षीया बिजया श्रेष्ठ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३७ हजार रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।

त्यसैगरी उदयपुर, त्रियुगा नगरपालिका १२ बस्ने ४५ वर्षीया बबिता चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका १२ बुद्धचोक बस्ने ३४ वर्षीय ठमान राई समेत ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४१ हजार ८ सय २५ रूपैयाँ र १८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट