प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : माधव सापकोटा

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवम् प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । सरकारको अकर्मन्यताको कारण फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुपले नेपाललाई सम्पत्तिशुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा राखेको दाबी गदै उनले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । नेपाल ग्रे–लिस्टमा पर्नुले सरकार सम्पूर्ण रुपमा असफल भइसकेको पुष्टि गरेको बताए ।
‘सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी गतिविधि मामलामा निगरानी अन्तर्राष्ट्रिय संस्था एफएटीएफ ले नेपाललाई आधिकारिक रुपमा ग्रे लिस्टमा चढाएको छ । सरकारको अकर्मन्यता, वित्तीय क्षेत्रमा सुधारको अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्ततः लज्जाजनक अवस्थामा पुगेको छ । म यसप्रति खेद व्यक्त गर्न चाहन्छु, निन्दा व्यक्त गर्न चाहन्छु । यो घटनाक्रमले सरकार सुशासनको पक्षमा छैन र सरकार सम्पूर्ण रुपले असफल भएको संकेतको रुपमा हामीले लिनुपर्छ । सरकारले नैतिक रुपमा आफने मार्ग प्रशस्त गर्नुपर्छ,’– प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेता सापकोटाले भने ।
अब सरकारको कुनै विश्वास र भरोसा बाँकी नरहेको बताउँदै सिंगै देशको इज्जत, प्रतिष्ठा र मान संरक्षण र रक्षाको लागि प्रतिनिधि सभाले गम्भीरतापूर्वक विशेष कदम चाल्नुपर्ने उनको सुझाव छ
क्याटेगोरी : राजनीति
प्रतिक्रिया