अन्तर्राष्ट्रिय महिला फुटबलमा लेबनानले किर्गिस्तानलाई हरायो

काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलमा किर्गिस्तानलाई हराउँदै लेबनानले सान्त्वना जीत हात पारेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा लेबनानले किर्गिस्तानलाई २–० गोलले हरायो । लेबनानका म्या रोज कल्लिल र क्रिस्टी मालौफले गरे गरे । किर्गिस्तान ३ वटै खेलमा पराजित भयो । दुवै टोली लिग चरणबाट बाहिरिइसकेका छन् ।
लिग चरणको अन्तिम खेलमा अहिले बेलुकी ६ बजे फाइनलमा पुगिसकेका नेपाल र म्यानमार खेल्दैछन् । यो खेलले लिग चरणको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । नेपाल र म्यानमार एक खेलअघि नै उपाधि नजिकै पुगेका हुन् । दुवै टोली अपराजित छन् ।
नेपाल र म्यानमारबीच अहिलेसम्म ४ पटक भेट भएको छ जसमा नेपाल ३ खेलमा पराजित हुँदा १ खेल बराबरीसमा सकिएको छ । नेपाल र म्यानमारबीचको फाइनल खेल आउँदो बुधवार हुनेछ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया