Techie IT
Samayabaddha
सोमबार, १२ फागुन, २०८१

पेस्तोल र गोली सहित दुई जना भारतीय पक्राउ


मकवानपुर, १२ फागुन । हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट एक थान पेस्तोल र तीन राउण्ड गोली सहित दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सिहुहर धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज कुमार र भारत बिहार राज्य मोतिहारी बहरी ग्राम बस्ने २६ वर्षीय दिपक कुमार रहेका छन् ।

प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको प्रहरीले रौतहटबाट चितवनतर्फ आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पेस्तोल तथा गोली सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट