माओवादीको ‘तराईरमधेश जागरण अभियान’ सुरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले तराईरमधेश जागरण अभियान सुरू गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झापाको कचनकवल गाउँपालिकामा रहेको हुकाहुकी चोकबाट अभियानको शुभारम्भ गरेका हुन्।
अभियानको शुभारम्भ कार्यक्रममा अध्यक्ष प्रचण्डले तराई/मधेश जागरण अभियानले नागरिकसँगको सम्बन्धलाई जीवन्त बनाउने बताए । अभियानका लागि रोजेको हुलाकी राजमार्गले तराई मधेश क्षेत्रका आदिवासी जनजातिसँग जोड्ने उनको दाबी छ ।
यस्तै उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यो अभियान ऐतिहासिक भएको बताए । उनले अभियानले पूर्वदेखि पश्चिमसम्मका सबै जातजाति, धर्म र सम्प्रदायलाई एकीकृत गर्ने अपेक्षा रहेको बताए ।
यसैगरी पार्टीका अर्का उपमहासचिव जनार्दन शर्माले विगतमा पार्टीले गरेको कमी–कमजोरीलाई पाँच महिना पालिकादेखि केन्द्रसम्म छलफल गरेर सङ्कल्पसहित नागरिकमा जाने निर्णय गरेर अभियान सञ्चालन गरिएको बताए ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया