Techie IT
Samayabaddha
सोमबार, १२ फागुन, २०८१

स्कुटर चोरीमा संलग्न पक्राउ


काठमाडौं । काठमाडौंको तार्केश्‍वर नगरपालिका ४ माछापुच्छ्रे चोकबाट सोमबार स्कुटर चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखाको मेलुङ गाउँपालिका ४ घर भई हाल काठमाडौंको बालाजु बस्ने २५ वर्षीय कुशाङ गोले तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागमती प्रदेश ०२–०४२ प ८३ ०७ नम्बरको स्कुटर काठमाडौंको तार्केश्‍वर नगरपालिका ४ माछापुच्छ्रे चोकमा चलाइराखेको अवस्थामा तामाङलाई ट्राफिक प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको थियो । उक्त स्कुटर काठमाडौंको टोखा नगरपालिका ५ शिव मन्दिरबाट हराएको भनी सिता पाण्डे भुसालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएकी थिइन् ।

नियन्त्रणमा आएका तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय बहादुर राउतले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट