भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्ता

भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) सम्बन्धी वार्ता फेरि सुरु भएको छ । भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले आफ्ना बेलायती समकक्षी जोनाथन रेनोल्ड्ससँग भेटपछि गएको वर्ष दुवै देशमा भएको आम चुनावका कारण रोकिएको वार्ता फेरि सुरू गरेको जानकारी दिनुभएको हो ।
स्वतन्त्र व्यापार सम्झौताका लागि बेलायत र भारतबीच सन् २०२२ देखि कैयौँ चरणको वार्ता भए पनि सम्झौता हुन सकेको छैन ।
भारतीय सञ्चार माध्यमका अनुसार लेबर पार्टी सत्तामा आएपछि भने बेलायत र भारतबीच एफटीए वार्ता भएको यो पहिलो पटक हो । अब भने वार्ताको सम्झौतामा पुग्नु प्राथमिकता भएको भारतीय वाणिज्यमन्त्री गोयलले बताएका खबरमा उल्लेख छ ।
यसअघि गएको वर्ष नोभेम्बरमा ब्राजिलको रियो दि जेनेरियोमा भएको जी –२० शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री कियर स्टाररबीच भएको भेटका क्रममा एफटीएमा वार्ता पुनः सुरू गर्ने सहमति भएको थियो ।
एफटीए सम्झौतामा दुई देशले उनीहरूबीच व्यापार हुने अधिकांश उत्पादनहरूमा भन्सार महसुल पूरै हटाउने वा केही घटाउने उल्लेख छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया