Techie IT
Samayabaddha
बुधबार, १४ फागुन, २०८१

मेक्सिको र क्यानडामाथि कर लगाउने ट्रम्पको घोषणा


अमेरिका, १३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामाथि कर लगाउने घोषणा गरेका छन् । मेक्सिको र क्यानडामा करका लागि आगामी समयसीमाको बारेमा सोध्दा ट्रम्पले ह्वाइट हाउसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा कर लगाउने कार्य अगाडि बढिरहेको बताए ।

अमेरिकासँग क्यानडा र मेक्सिको मात्र नभइ अन्य देशहरुले पनि नराम्रो व्यवहार गरेको र अमेरिकाबाट फाइदा उठाएको भन्दै उनीहरुमाथि पनि कर लगाउने जानकारी दिए । अमेरिका सबैसँग पारस्परिक सम्बन्ध चाहने भन्दै अरुले शुल्क लगाए आफूहरु पनि शुल्क लगाउने बताए ।

फेब्रुअरी १ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने सामानहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरे । विशेष गरी क्यानाडाली ऊर्जा उत्पादनहरूका लागि १० प्रतिशत कर वृद्धि गरिएको छ । फेब्रुअरी ३ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा थप कर एक महिनाका लागि स्थगित गर्ने घोषणा गरेका थिए । सिन्ह्वारन्यूज एजेन्सी नेपाल


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट