मगर दिवसको अवसरमा प्युठानका तीन वटा गाउँपालिकाले दिए सार्वजनिक बिदा

बिजुवार, १३ फागुन । ४३औँ मगर दिवसको अवसरमा फागुन १५ गते प्युठानका तीन वटा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लाको सरुमारानी, मल्लरानी र ऐरावती गाउँपालिकाले मगर संस्कृतिप्रति सम्मान जनाउँदै बिदा दिएका हुन् ।
सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकका अनुसार मगर दिवसलाई हर्षोल्लासका साथ मनाउन बिदा दिइएको हो । ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले मगर समुदायको सांस्कृतिक पहिचानलाई सम्मान गर्न यो निर्णय गरिएको बताए ।
यस अवसरमा गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था, र स्वास्थ्य संस्थाहरू बन्द रहने छन् । प्युठानका मगर बाहुल्य क्षेत्रमा सांस्कृतिक झाँकी, परम्परागत नृत्य, तथा विविध कार्यक्रमहरू आयोजना हुँदैछन् । मगर समुदायले मौलिक परम्परा झल्काउने विविध कार्यक्रम गरी दिवस मनाउने तयारी गरेका छन् ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया