Techie IT
Samayabaddha
शनिबार, १७ फागुन, २०८१

पश्चिम नवलपरासीमा ट्रकले दुई जनालाई ठक्कर दिएपछि दुई समूहबीच झडप, १५ जना सुरक्षाकर्मी घाइते


नवलपरासी, १३ फागुन । पश्चिम नवलपरासीको गाउँपालिका– ३ स्थित बेलासपुरमा मंगलबार स्थानीय दुई समूहबीच झडप भएको छ । एक ट्रकले दुई जनालाई ठक्कर दिएपछि दुई समूहबीच झडप भएको स्थानीय प्रशासनको भनाइ छ ।

ट्रकले स्थानीय दुई जनालाई ठक्कर दिएपछि आक्रोशित एक समूहले ग्यारेजमा आगजनी गरेको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जानकारी दिए ।

उनले भने, ‘ग्यारेजमा आगजनी भएपछि स्थिति नतावग्रस्त बन्यो । अहिले हामीले दमकलको सहायतामा आगो निभाइसकेका छौँ । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।’ उनले स्थिति नियन्त्रणमा लिने क्रममा १५ जना सुरक्षाकर्मी घाइते भएको समेत बताए । उनका अनुसार १० जना नेपाल प्रहरी र ५ जना एपीएफका सुरक्षाकर्मी घाइते भएका छन् । तीन महिनापहिले भएको एक भागी विवाहका कारण विवाद भएको हुन सक्ने उनले बताए ।

गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले युवायुवतीको विवाहले विवाद भएको बताए । उनका अनुसार तीन महिनापहिला भएको विवाहका कारण स्थानीय दुई समूहबीच मनमुटाव रहेको र मंगलबार गाडीले ठक्कर दिएपछि विवाद उत्पन्न भएको बताए ।


क्याटेगोरी : पालिका

प्रतिक्रिया


ताजा अपडेट