Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

रुस र अमेरिकी अधिकारीहरूले सम्बन्ध सुधारबारे इस्तानबुलमा थप वार्ता गर्दै


रुसी र अमेरिकी कूटनीतिज्ञहरू आज इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने भएका छन् ।

पछिल्लो समय दुई देशबीचको सम्बन्धमा सुधार भइरहेको बेला यसबारे थप वार्ता गर्न इस्तानबुलमा रुस र अमेरिकी अधिकारीहरु भेट्न लागेका रुसका विदेशमन्त्री सर्गेई लाभरोभले बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना पदभार सम्हालेपछि अमेरिकी विदेश नीतिलाई पूर्णतः परिवर्तन गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गर्दै तीन वर्षभन्दा बढी समयमा पहिलो पटक रुससँग उच्चस्तरीय वार्ता सुरु गरेका हुन्।

अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनमा दुवै देशले एक अर्काबाट दूतावासका कर्मचारीहरूलाई निष्कासन गरेपछि पछिल्लो बैठक कूटनीतिक मुद्दाहरूको समाधानमा केन्द्रित हुने बीबीसीले जनाएको छ ।

लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच यही फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेट भएको थियो । त्यहाँ उनीहरू युक्रेनविना नै युक्रेन युद्धबारे वार्ता सुरू गर्न सहमत भएका थिए। त्यसयता दुवै पक्ष युक्रेनलाई एक किनारमा राखेर नजिक आएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट