बर्दियाबाट सातजना जुवाडे पक्राउ

काठमाडौं, १५, फागुन । बर्दियामा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–५, बाँसगढी बजारस्थित एक होटेलमा जुवातास खेलिरहेको अवस्थामा ३९ वर्षीय रामबहादुर बुढाथोकीसहित सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुधबार राति इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ८४ हजार रुपैयाँ, सात मोबाइल र तीन बुक ताससहित पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया