Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

आफूलाई पदबाट हटाउने अधिकार मन्त्री दीपक खड्कालाई नभएको भन्दै कुलमान घिसिङले बुझाए स्पष्टीकरणको जवाफ


काठमाडौं, १५ फागुन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री दीपक खड्काले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्।

मन्त्री खड्काले मंगलबार पदबाट किन नहटाउने ? भन्दै सोधेको स्पष्टीकरणको जवाफ घिसिङले बिहीबार बुझाएका हुन्। उनले आफूलाई पदबाट हटाउने अधिकार र मन्त्री र मन्त्रालयलाई नभएको जवाफ दिएका छन्।

‘म नेपाल सर‌कार मन्त्रिपरिषदको मिति २०७८।०४।२५ को निर्णायानुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ (१) बमोजिम ४ वर्षको निम्ति नियुक्त भएको हुँ। निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार कानून व्याख्‍यासम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्‍चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची (१ को क्र.सं. ३३) र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा सर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको ब्यहोरा पुनः निवेदन गर्दछु।’ कुलमानले बुझाएको स्पष्टीकरणमा उल्लेख छ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट