Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

शहीदहरूको बलिदान : इतिहासको एक पाना बन्ने कि साँच्चै परिवर्तनको आधार ?


 

प्रहरीले प्रधानाध्यापक वीरबहादुर गुरुङलाई पक्रियो । प्रधानाध्यापक वीरबहादुरको घरको बाटो लैजादा विद्यार्थी, शिक्षक तथा स्थानीयवासीले कडा प्रतिरोध गरे । यही क्षण तनावको चुलीमा पुग्यो । सुरक्षाफौजले तितरबितर गर्न अन्धाधुन्ध गोली चलायो । गोली प्रहार हुँदा टौवामाथि बसेर घटनालाई नियालिरहेका दिलबहादुर रम्तेल र रामप्रसाद भट्टलाई गोली लाग्यो । रगतले माटो भिज्यो । दिलबहादुर रम्तेल तत्काल ढले । उनी जनयुद्धका प्रथम शहीद बने ।

गोरखा जिल्ला—नेपालको जनयुद्धको एक प्रमुख रणभूमि । २०५२ साल फागुन १ गते जनयुद्ध सुरु भएपछि यस भेगमा लगातार प्रचारात्मक गतिविधिहरू र साना-साना सेबोटेज कारबाहीहरू भइरहे । विशेषगरी गोरखाको उत्तरी क्षेत्र—हालको बारपाक सुलीकोट, भीमसेन थापा गाउँपालिका, सिरानचोक गाउँपालिका—जनयुद्धको केन्द्र मानिन्थ्यो । यहाँका गाउँहरूमा जनयुद्धको स्पन्दन प्रतिध्वनित भइरहन्थ्यो, जहाँ विद्रोहको आगो सल्किसकेको थियो ।

सेभ द चिल्ड्रेन कब्जाको योजना
२०५२ साल फागुन ११ गते माओवादी पार्टीले अजिरकोट गाउँपालिका९४, साविक सिमजुङ्ग गाउँ विकास समितिको पोखराटारस्थित सेभ द चिल्ड्रेनको कार्यालय कब्जा गर्ने निर्णय गर्‍यो । पार्टीको नीति अनुसार विदेशी गैरसरकारी संस्थाहरूमाथि कारबाही गर्ने योजनाअनुसार यो कारबाही ताकू इलाकामा तयारी गरिएको थियो ।

निर्धारित योजना अनुसार कारबाही सफलतापूर्वक सम्पन्न भयो । तर फर्कने क्रममा केही प्रमाणहरू सुरक्षाफौजको हातमा परे, जसका कारण राज्यपक्ष थप सतर्क भयो । यही कारण ताकू क्षेत्रमा व्यापक सुरक्षा घेराबन्दी भयो ।

वलिदान दिवस फागुन : १४

फागुन १४ गते प्रहरीले श्री ज्योति माविका शिक्षक आशाकाजी श्रेष्ठलाई पक्राउ गर्न खोज्यो । उनी नभेटिएपछि प्रहरीले प्रधानाध्यापक वीरबहादुर गुरुङलाई पक्रियो ।
प्रधानाध्यापक वीरबहादुरको घरको बाटो लैजादा विद्यार्थी, शिक्षक तथा स्थानीयवासीले कडा प्रतिरोध गरे । यही क्षण तनावको चुलीमा पुग्यो । सुरक्षाफौजले तितरबितर गर्न अन्धाधुन्ध गोली चलायो । गोली प्रहार हुँदा टौवामाथि बसेर घटनालाई नियालिरहेका दिलबहादुर रम्तेल र रामप्रसाद भट्टलाई गोली लाग्यो ।
रगतले माटो भिज्यो । दिलबहादुर रम्तेल तत्काल ढले । उनी जनयुद्धका प्रथम शहीद बने । रामप्रसाद भट्ट घाइते भए, तर बाँच्न सफल भए । बाँच्नु भनेको उनले कल्पना गरेको जस्तो थिएन । उनले तीतो स्वरमा भनेका थिए, ‘मरेको भए पो शहीद भइन्थ्यो, बाँचेर झनै गारो भयो ।’

समय बदलियो, तर…..

समयको धार बदलिएको छ । आन्दोलनका तरंगहरू सेलाइसके । नेताहरू सत्तामा पुगे, सरकार फेरिए, नीतिहरू बने । तर, दिलबहादुर रम्तेलको परिवारको अवस्था भने उस्तै छ । उनका बाल्यकालका साथी रामप्रसाद भट्ट भन्छन्,
‘हामीले गरेको बलिदान के केवल इतिहासका पानामा सीमित रहने हो रु हामीले परिवर्तनका लागि संघर्ष ग¥यौं, तर के साँच्चिकै परिवर्तन भएको छ रु’

शहीदको सम्मानः स्मृति पार्क र संग्रहालय
प्रथम शहीद दिलबहादुर रम्तेलको सम्झनामा पान्द्रुङ्ग जराङमा स्मृति पार्क तथा जनयुद्ध संग्रहालय निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्टका अनुसार, ‘यो संरचना केवल ईंटा, ढुङ्गा र सिमेन्टको टुक्रा होइन, यो इतिहासको दस्तावेज हो । यसले जनयुद्धका शहीदहरूको योगदानलाई उजागर गर्नेछ ।’

जनयुद्धका पहलकर्ता, नेताहरू जसले जनयुद्धको बलिदानलाई सम्मान गर्ने वाचा गरेका थिए, उनीहरूकै व्यवहारमा अन्तरविरोध देखिन्छ । वलिदानको बलमा राजनीतिक परिवर्तन भयो, व्यवस्था बदलियो तर के तिनका सपनाहरू साकार भए रु के शहीदहरूले देखेको नयाँ नेपाल जन्मियो रु
समयले इतिहासलाई बिर्सिन सक्छ, तर इतिहास आफैंले आफ्नो स्मृति बोकिरहन्छ । प्रश्न केवल एउटा छ—
‘शहीदहरूको बलिदान केवल इतिहासको एक पाना बन्ने हो कि साँच्चै परिवर्तनको आधार’ ? -समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट