Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

सिन्धुपाल्चोककाे भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ रिक्टर स्केलको भूकम्प


काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको छ ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान २:५१ बजे गएको हो । प्रारम्भमा यसको तीव्रता ५.१ वा ५.५ रिक्टर स्केल रहेको भनिए पनि पछि ६.१ रिक्टर स्केल मापन गरिएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा महसुस गरिएको छ । सामाजिक सञ्जालहरूमा आएका विवरणहरू अनुसार दार्जिलिङलगायत भारतका केही क्षेत्रमा पनि कम्पन अनुभव गरिएको छ ।

हालसम्म क्षतिसम्बन्धी विस्तृत विवरण उपलब्ध छैन । स्थानीय प्रशासन र उद्धार टोलीहरूले क्षतिको आँकलन गर्ने काम गरिरहेका छन् । थप विवरण आउने क्रममा रहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट