युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने अमेरिकी राष्ट्रपति ट्रम्पको विश्वास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास व्यक्त गरेका छन् ।
उनले रुस र युक्रेनबीच युद्धविरामबारे छिट्टै सहमति हुनेमा आशावादी रहेको बताएका हुन् ।
बेलायती प्रधानमन्त्रीसँगको भेटका क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र सेनाको प्रशंसा गरेका बीबीसीले जनाएको छ ।
उनले बेलायतसँगको व्यापार सम्झौताबारे कुनै पनि शुल्क लागू नगरी छिटै सम्झौतामा पुग्न सकिने दाबी गरेका छन् ।
ट्रम्पले बेलायतको भ्रमणको लागि राजा चाल्र्सको निमन्त्रणा पनि स्वीकार गरेका खबरमा उल्लेख छ ।
ट्रम्पले चागोस द्वीप समूह मौरिससलाई सुम्पिने बेलायती योजनामा साथ रहन इच्छुक रहेको पनि बताएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया