Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टीद्वारा दुई दलसँग मिलेर सरकार गठबन्धनको घोषणा


भियना, १६ फागुन । अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी (ओइभिपी_ ले बिहीबार दुई मध्यमार्गी दलसँग मिलेर सरकारको गठबन्धनको घोषणा गरेको छ । फ्रिडम पार्टी (एफपिओईं)ले चुनावमा २९ प्रतिशतको हाराहारीमा विजय हासिल गरेपछि महिनौँ लामो वार्तालाई यो सम्झौताले टुङ्गोमा पुर्‍याएको छ ।

अस्ट्रियाको पहिलो अति दक्षिणपन्थी नेतृत्वको सरकारबारे एफपिओई र ओइभिपीबिच भएको वार्ता यसै महिना टुटेको थियो । गत जनवरीमा सरकार गठनको पहिलो प्रयास असफल भएपछि ओइभिपी, सोसल डेमोक्र्याट्स (एसपिओई) र उदारवादीहरूले पुनः गठबन्धन वार्ता सुरु गरेका थिए । ओइभिपीका नेता क्रिश्चियन स्टकरले एसपिओई र उदारवादीहरूसँग ‘साझा कार्यक्रम’ सहमति भएको र बिहीबार प्रस्तुत गरिने बताए ।

“पछिल्ला दिनहरूमा साझा कार्यक्रमका लागि दिन रात काम भइरहेको छ,” पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । देशको आधुनिक इतिहासमा सबैभन्दा लामो समयसम्म सरकार नभएको अवस्थामा राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनले पार्टीका नेताहरूलाई छिटो सम्झौता गर्न आह्वान गर्नुभएको थियो । करिब ९० लाख जनसङ्ख्या भएको देशमा सन् १९८७ देखि शासन गर्दै आएको ओइभिपीले यसअघि नै एसपिओईसँग कैयौँ पटक सरकारमा सहकार्य गरिसकेको छ । रासस/एएफपी


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति

प्रतिक्रिया


ताजा अपडेट