ट्रम्प प्रशासनले युरोपेली सङ्घबाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने

काठमाडौँ, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली सङ्घ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताएका छन् ।
चाँडै यसको घोषणा हुने उनको भनाइ छ । कारसहित अन्य सबै कुरामा २५ प्रतिशत कर लगाउने बताए । अमेरिकाको युरोपेली सङ्घसँग करिब ३ सय अर्ब डलरको घाटा रहेको बताए । अमेरिकासँग उनीहरूले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरू स्वीकार नगरेको आरोप लगाए ।
इयुले मूलतः कृषि उत्पादनहरू स्वीकार नगर्ने उनको भनाइ छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
प्रतिक्रिया