Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

यो वर्ष दसौं राष्ट्रिय खेलकुद नहुने, जेठका लागि नयाँ मिति घोषणा


काठमाडौं, १६ फागुन । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो।

यसअघि राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद आगामी साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो। बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।

नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ।

निलम्बनमा परेका राष्ट्रिय खेल संघमा नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्यास्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन्।

राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल संघलाई कारबाही स्वरुप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट