सभापति देउवाले किन बोलाए शीर्ष कांग्रेस नेताहरूको बैठक ?

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहार देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
शुक्रबार बेलुका बस्ने गरी शीर्ष नेताहरूको बैठक सभापति देउवाले किन बोलाएका हुन् भन्ने अहिले राजनीतिक वृतमा चासोको विषय बनेको छ ।
वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको रणनीति तय गर्न वैठक केन्द्रित हुने देउवा निकट स्रोतले बताएको छ।
सभापति देउवा निवास बुढानीलकण्ठमा अपराह्न ४ बजे बस्ने बैठकले संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल गर्ने र आधिकारिक धारणा तय गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।
पौडेलका अनुसार संसद्मा अड्किएका अध्यादेश लगायत संसदीय समितिमा छलफल भइरहेका अन्य विधेयक तथा पार्टीको आसन्न महाधिवेशनको विषयमा छलफल गर्न पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक डाकिएको हो ।
राष्ट्रिय सभामा बहुमत सुनिश्चित नहुँदा अड्किरहेको अध्यादेश पारित गराउने विकल्पका बारेमा समेत देउवाले पार्टीमा छलफल गर्न लागिरहेको एक नेताले बताए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया