Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

जनयुद्धबारे मेरो स्पष्टिकरण


नेपाली जनयुद्ध पटक–पटक निर्णय भएका र ती प्रयासलाई सफल पार्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को प्रतिबद्धता बमोजिम सचेतपहल मार्फत गरेको सङ्घर्षको गौरवशाली ईतिहास हो । यो वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक र सांस्कृतिक शोषण र उत्पिडनमा रहेका जनसमुदायलाई सङ्गठित गरेर गरेको सङ्घर्ष हो । यसको निशानामा सामन्तवाद, विस्तारवाद, दलाल नोकरशाही तथा एकाधिकारी पुँजीवादी प्रतिक्रियावादी राज्यसत्ता हो । जनयुद्ध यी दुईशक्ति एकआपसमा १० वर्ष सङ्घर्षको ईतिहास हो ।

राजनीति भनेको आफ्नो वर्गको हितको लागि शक्ति आर्जन गर्दै गरिने सङ्घर्ष हो । यसमा हरेक घटनाहरूमा फाइदाको हिसाबकिताब हुन्छ । जनयुद्धमा लगानी गरेर देशीविदेशी प्रतिक्रियावादी वर्गले केही पनि फाइदा लिनसक्दैनथे र लगानी गर्ने पनि सवाल हुँदैनथ्यो । माओवादीले खोजेको राज्यसत्ताबाट साम्राज्यवादी र विस्तारवादीले केही फाइदा लिने स्थिति थिएन । फाइदा नपाउने भएकाले सहयोग र लगानी पनि केही भएको थिएन । यो घाम जत्तिकै छर्लङ्ग छ ।

यति हुँदाहुँदै पनि दिमागमा गोबर भरिएका सामन्तवाद र प्रतिगामीहरू माओवादी विदेशी उक्साहट, लगानी र सहयोगमा विदेशीकै हित र रक्षाका लागि थियो भन्ने झुठ र असत्य कुरा गर्ने गर्छन् । उनीहरू भन्छन्, बिचार विदेशी, सहयोग तथा लगानी विदेशी, मानिस विदेशी, अनावश्यक, अझ अराजकता फैलाउने नियत र उदेश्य रहेको बताउँछन् । हिंसा र आतङ्कको स्थिति सृजना गर्ने नियत थियो आदिआदि भन्ने गर्दछन् ।

यथार्थ त्यो भन्दा धेरै फरक छ । यो त नेपाली सर्वहारा तथा श्रमजिवी जनसमुदायको सङ्घर्षको कीर्तिमानी र ऐतिहासिक काम हो । सर्वहारावादी विश्वक्रान्तिमा यो ऐतिहासिक कोसेढुङ्गा बन्नपुग्यो । यसले नेपाली समाजमा परिवर्तनको गतिलाई तिब्रता मात्र दिएन, हरेक नागरिकलाई अघि बढ्न घच्घच्यायो । समाजमा चेतनाको एउटा आँधिहुरी नैं ल्याइदियो ।

यो त नेपाली सर्वहारा तथा श्रमजिवी जनसमुदायको सङ्घर्षको कीर्तिमानी र ऐतिहासिक काम हो । सर्वहारावादी विश्वक्रान्तिमा यो ऐतिहासिक कोसेढुङ्गा बन्नपुग्यो । यसले नेपाली समाजमा परिवर्तनको गतिलाई तिब्रता मात्र दिएन, हरेक नागरिकलाई अघि बढ्न घच्घच्यायो । समाजमा चेतनाको एउटा आँधिहुरी नैं ल्याइदियो ।

नेपालमा भएको महान् जनयुद्ध र त्यसको जगमा उठेको ऐतिहासिक जनआन्दोलनलाई साम्राज्यवादी र विस्तारवादी शक्तिले साथ र सहयोग गरेनन् । जनयुद्धले प्रत्याक्रमणको पहिलो योजना लागू गर्दैगर्दा विदेशी प्रतिक्रियावादी शक्तिहरू राजनीतिको नयाँ मुद्दा ूलोकतान्त्रिक गणतन्त्रू उठान गरेपछि अनिर्णित बने । यसले माओवादीको उचाई चुलिएको देख्दा त्यसलाई रोक्ने षड्यन्त्रहरू गर्नथाले । उनीहरूले १२ बुँदे समझदाररी भत्काउनका लागि अनेकन षड्यन्त्र र जालझेल मात्र गरिराखेका थिए । राजा र संसदवादी अर्थात, प्रजातन्त्रको नीति हुने मिल्नुपर्छ भन्ने गर्दथे । माओवादीलाई एक्ल्याएर खेद्नुपर्छ भन्ने विदेशी बैरीहरूको नीति थियो । यो कुरा विदेशी दुष्टले भ्रमको पर्दाले छोप्ने दुस्कर्ममा उनीहरूबाट प्रयत्न भएका थिए ।

माओवादी आन्दोलन बदनाम गर्न भारतका केही अनाधिकार व्यक्तिहरूसँग भेटघाट भएको, भारतबाट सञ्चालित भन्दै दुस्प्रचार गर्नेगरेका छन् । यो झुठ र बेइमानी हो । नेपालको ईतिहासमा जनता आफैंले आफ्ना समस्या उठाएर आन्दोलन गरेको एक मात्र आन्दोलन हो । यो सत्यतथ्य सवाल जतिसुकै पर्दाहाल्न खोजे पनि कतैबाट पुष्टि गर्न सक्दैनन् । जनगणतन्त्रलाई थन्क्याएर लोकतान्त्रिक गणतन्त्र कार्यनीतिक लक्ष्य बनाएपछि मात्र देशी–विदेश बैरीहरूले वार्ता गर्न भेटेका मात्र हुन् । त्यसअघि कुनै शासक, प्रशासकले पाल्ने त के भेट्ने पनि कहिल्यै मौका पाएका थिएनन् । यो धर्तीका सबैभन्दा अपराधिहरू लुटको स्वर्ग गुमेपछि बौलाएर जेपायो त्यही बोल्ने गरेका छन् । तिनका कुरा पत्यार आफ्ना धारणा बनाउने मुर्खहरू आजकल सहरका गल्लीहरूमा भेटिन थालेका छन् । उनीहरू आफूलाई बफादार नोकर बनाउनका लागि मालिक खोजीरहेका छन् । तिनले गरेका आत्माघाती काम र कुराले तिनीहरूलाई नै सँधै पिरोल्ने छ ।

हरेक घटना वा काण्डहरूमा कसको हात छ भन्ने विषयको अनुसन्धान ती घटना वा काण्डबाट फाइदा कसले लिएको छ भन्नेबाट शुरु हुन्छ । दरवार सामुहिक वंशनास भएको हत्या काण्डबाट फाइदा कसले लिएको छ । अपराधको अनुसन्धान पनि त्यहींबाट हुनुपर्छ किनकि हत्याकाण्ड उसैबाट भएको मानिन्छ । जनयुद्धको सवाल पनि त्यही हो । कसले गर्यो ? माओवादीको नेतृत्वमा जनताले गरेका हुन् । यसमार्फत सामन्ती राजतन्त्रबाट जनता मुक्त भएका छन् । यस व्यवस्थाबाट वर्गीय, जातीय, क्षेत्रीय, महिला, दलितका समस्या समाधान गर्ने राज्यले सत्तामा सहभागी हुने मौका पाएका छन् । माओवादी शान्ति सम्झौतामार्फत खुल्ला राजनीतिमा आएपछि फाइदा कसले लुटे रु यिनैले । लगानी पनि अरूको हुने कुरै भएन । जनयुद्धमा लगानी र सहयोग उनीहरूको हो भनेर बुझ्नुपर्ने हुन्छ । समानुपातिक तथा समावेशी लोकतन्त्र आएर कसलाई फाईदा भयो ? हिन्दू धर्मसापेक्षता, एकात्मक तथा केन्द्रीकृत शासन प्रणाली अन्त्य गरेर फाईदा कसलाई भयो ? सङ्घीय गणतन्त्र र राज्यको शासन प्रणालिको पुनर्संरचनाबाट फाइदा कसलाई भयो ? जनताले लगानी र सहयोग गरेकाले फाईदा पनि जनतालाई नै भएको छ ।

यो अवस्थामा पनि वर्गीय समस्याको समाधानमा कार्य नहुनुले जनताको अवस्थामा हुनुपर्नेजति परिवर्तन भएको छैन र नयाँ व्यवस्था र अवस्थामा पनि शासन गर्न चाहिँ पुरानै असफल, फासिष्ट, देशद्रोही र जनद्रोहीहरू नै आइरहने र परिवर्तनको गति रोक्ने दुष्कर्मको स्थिति कायम रहेकाले अझै पनि भ्रमको पर्दा खुल्न सकेको छैन र यथार्थ उजागर हुनसकेको छैन ।

राजतन्त्रविरुद्ध गर्जिएको जनयुद्ध र माओवादी भित्रका ‘छोटे राजाहरु’


क्याटेगोरी : जनमञ्च, बिचार, राजनीति

प्रतिक्रिया


ताजा अपडेट