आज काठमाडौंका यी ठाउँमा बिजुली कटाैती हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौको सतुङ्गल लगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ ।
प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो । आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ती ठाउँमा बिजुली काटिने भएको हो ।
यस्तै मूलपानी सबस्टेशन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क , जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ । निर्माणाधीन सबस्टेशनमा प्राविधिक कामका लागि ती वितरण केन्द्रहरूमा बिजुली प्रवाह बेलुकीसम्म रोकिने प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया